काठमाडौं ।
सिर्जना फाइनान्सले बढी अनुुपातमा रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)अनुसार फाइनान्सले सात लाख ७० हजार दुुई सय ६३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको हो । सेयर रूपान्तरणपश्चात् फाइनान्समा संस्थापक र साधारण सेयरधनी समूहको अनुपात ५२ः४२ पुुगेको छ ।
फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ४९ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो मुनाफा छ करोड ७४ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ८४ करोड ७४ लाख ३८ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा आठ अर्ब ४३ करोड ८४ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ८१ करोड ८७ लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २८ करोड १२ लाख ४४ हजार सात सय चार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुुई दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा सात दशमलव ४३ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा नौ करोड ९० लाख रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब ३५ करोड ७४ लाख सात हजार नौ सय २६ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब २३ करोड ६८ लाख ७९ हजार एक सय २३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड ३६ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ प्रतिशत रहेको थियो ।