काठमाडौं ।
एनएमबी बैंकले एनएमबी सापटी दुई दशमलव शून्य, एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ । जसअन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपविना डिजिटलरूपमै गर्न सकिने जनाएको छ । यो नेपालमै पहिलो पटक’ २४सै घण्टा र सातै दिन पूर्ण स्वचालितरूपमा प्रदान गरिने कर्जा एनएमबी सापटीको निरन्तरता हो । यस सेवा बैंकसम्म नधाइकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिन्छ ।
एनएमबी सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरूको व्यक्तिगत र आपत्कालीन वित्तीय आवश्यकताहरूको परिपूर्तिको लागि प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा हो । एनएमबीमा व्यक्तिगत कर्जा भएका ग्राहकहरूलाई २४ महिनासम्मको लचिलो अवधिसहित दुुई लाख रुपैयाँसम्म २४सै घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइनेछ । ग्राहकहरूले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनोट गर्न सक्नेछन् ।