काठमाडौं ।
गत साता सेयरबजारमा उत्तरचढाव आयो । बजार तलमाथि हुने क्रममा परिसूचक २८ सय ४३ विन्दुमा पुगेर रोकियो । सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २८ दशमलव ७१ विन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय २७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । यसअनुसार तीन लाख ७७ हजार छ सय २५ पटकको कारोबारमा १० करोड ३३ लाख ८८ हजार छ सय ६६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ३४ अर्ब १६ करोड ५६ लाख ३४ हजार दुई सय ३२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । यसअनुसार पाँच लाख ३८ हजार दुई सय २६ पटकको कारोबारमा १० करोड २२ लाख ६५ हजार पाँच सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४९ अर्ब १२ करोड १० लाख नौ हजार तीन सय ४१ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो र पाँचौँ दिन सेयरबजार परिसूचक उकालो लागेको थियो भने तेस्रो र चौथो दिन बजार परिसूचक ओरालो लागेको थियो । सोमध्ये पहिलो दिन बजार परिसूचक २७ दशमलव ३८ अंकले उकालो लागेर २८ सय ७० दशमलव ३८ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन
दशमलव ७६ विन्दुले उकालो लागेर पाँच सय २९ दशमलव ४१ विन्दुमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक पाँच दशमलव ११ अंकले उकालो लागेर दुई हजार आठ सय ७५ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १७ विन्दुले उकालो लागेर पाँच सय ३३ दशमलव ५७ विन्दुमा चढेको थियो ।
तेस्रो दिन भने बजार परिसूचक ४७ दशमलव ४९ अंकले ओरालो लागेर दुई हजार आठ सय २८ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ८७ अंंकले ओरालो लागेर पाँच सय २३ दशमलव ७० विन्दुमा झरेकोे थियो । चौथो कारोबार दिन पनि बजार परिसूचक चार दशमलव १३ अंकले ओरालोे लागेर दुई हजार आठ सय २३ दशमलव ८७ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३२ अंकले ओरालो लागेर पाँच सय २२ दशमलव ३७ विन्दुमा झरेको थियो ।
यसैगरी अन्तिम कारोबार दिन भने बजार परिसूचक १९ दशमलव १२ अंकले उकालो लागेर दुई हजार आठ सय ४३ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३३ अंकले उकालो लागेर पाँच सय २८ दशमलव ७१ विन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीह्रुको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदिको बढी रकम कारोबार भएका छन् । यसैगरी कारोबार भएको संख्याको आधारमा भने नेशनल हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यस साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।