काठमाडौं ।
आईडीपी नेपालले अमेरिका अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि परामर्श सेवा सुरु गरेको छ । आईडीपी नेपालले अमेरिकाका लागि सुरु गरेको वेबिनार काउन्सिलिङमा एक सय ७५ बढी विद्यार्थीहरू सहभागी थिए ।
उक्त काउन्सिलिङमा आईडीपी एडुकेसनका लागि एसोसिएट निर्देशक धर्मा नाइकले अमेरिका अध्ययनका लागि योजना देखिका बारेमा जानकारी दिएकी थिइन् । त्यसक्रममा उनले उच्च शिक्षाका लागि विश्वविद्यालय, कलेज छनोटदेखि छात्रवृत्ति, रोजगारीको अवसर लगायतका विषयमा जानकारी दिएकी थिइन् । आईडीपी नेपालका देशीय निर्देशक अभिषेक श्रेष्ठले अमेरिका अध्ययनका लागि काउन्सिलिङ सुरु गरेको भन्दै नेपाली विद्यार्थीका लागि अमेरिका धेरै अगाडिदेखि अध्ययन गन्तव्य मुलुक रहँदै आएको बताए । अमेरिका अध्ययनका लागि जान चाहने विद्यार्थीहरूलाई तालिम प्राप्त एवम् यही क्षेत्रमा वर्षौँको अनुभव प्राप्त व्यक्तिहरूबाट काउन्सिलिङ दिने आईडीपी नेपालले जनाएको छ ।
परामर्शदाताहरूको प्रशिक्षित र समर्पित टोलीको साथ विद्यार्थीहरूले अब आईएसपी नेपालको अन्तर्राष्ट्रिय शिक्षा विशेषज्ञहरूसँग उनीहरूको क्यारियर सम्भावनाहरू बढाउनको लागि यूएसए अध्ययन योजनाहरूबारे छलफल गर्न सक्छन् । महामारीको बखत आईडीपी नेपालले धेरै व्यक्तिहरूलाई आफ्नो भर्चुअल कार्यालयहरूमार्फत विदेशमा अध्ययन गर्ने मार्गनिर्देशन गरिरहेको जनाएको छ ।