काठमाडौं ।
सशस्त्र प्रहरीमा खाली रहेको तीनवटा डीआईजी पदमा बढुवाको लागि आवेदन माग दिएको समय मर्म मरेको एक एसएसपी भेष बहादुर शाहलाई बढुवा नगर्ने र ककनी कमान्डबाट पनि तानिदिने धम्की दिइएको छ ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले आइतबार गृहसचिव महेश्वर न्यौपानेसँगको फोनवार्तामा त्यस्तो कुरा बताएका हुन् । आइतबार एसएसपी शाह गृहसचिव न्यौपानेलाई भेट्न गृह मन्त्रालय पुगेका थिए । भेट्न जाँदा मन्त्रालयको ढोकैमा सचिव न्यौपानले एसएसपी शाहलाई तिम्रो हुँदै हुँदैन किन आएको भनेर ह्यान्ड्सफ्रीमा फोन गरेर सबैलाई सुनाएका थिए । संवादका क्रममा आईजीपी खनालले सचिव न्यौपानेसँग उसो भए त्यसलाई ककनी तालिम केन्द्रको प्रमुखबाट पनि तानिदिनुप-यो भनेका थिए ।
खाली रहेको तीन डीआईजी पदमा कालिदास धौवजी, कुुमार न्यौपाने र भेष बहादुर शाहले निवेदन दिएका छन् । निवेदन दिने म्याद गत शुक्रबारसम्म रहेको थियो । निवेदन दिएकामध्येको एसएसपी शाहलाई डीआईजी नबनाउन आईजीपी खनालले गृहसचिव न्यौपानेलाई समेत कान फुकेर थर्काउन लगाएका हुन् । यस्तो थर्काउने गतिविधिले डीआईजी बढुवामा आईजीपी खनालको मुखै कानुनजस्तो देखिनपुगेको छ ।
आवेदन माग गरेपछि आवेदनको मापदण्ड पुगेपछि उनीहरूले निवेदन हाल्ने अनि छनौट गर्ने काम छनौट समितिको हो । तर आईजीपी खनालले भने प्रक्रियाविपरीत एसएसपीलाई धम्क्याएका छन् ।