काठमाडौं ।
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.को आव २०७६–०७७ को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सोमबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आव २०७६–०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७६–०७७ को, २०७७ आसार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहसम्बन्धी विवरण, आव २०७७–०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ ।
सभाले सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालकमा श्रीमती सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे निर्विरोध निर्वाचित गरेको छ भने कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने समेत जनाएको छ ।