काठमाडौं ।
नेपाल एसबीआई बैंकले आफ्नो २८औँ वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ ।
वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देद्वारा वीर अस्पताल कोभिड एकीकृत केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरेका हुन् ।
उक्त समारोहमा वीर अस्पतालका उपनिर्देशक डा. आशिष ढुंगानाका साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपिराज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारीको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)