काठमाडौं । गत साता अर्थात् आइतबारदेखि असार २४ गते बिहीबारसम्म सेयरबजार परिसूचक २८ सय २४ विन्दु कायम भएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २९ दशमलव ६६ विन्दुमा रोकिएको छ ।
उक्त अवधिमा धितोपत्र बजारमा दुई सय २४ वटा कम्पनीहरूको सेयर कारोबार भए । जसअनुसार दुई लाख ५७ हजार तीन सय ८२ पटकको कारोबारमा पाँच करोड ५८ लाख ४८ हजार पाँच सय १३ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २३ अर्ब २६ करोड ११ लाख ५१ हजार तीन सय ६१ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।
त्यसअघिको सातामा भने धितोपत्र बजारमा दुई सय २७ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ७७ हजार छ सय २५ पटकको कारोबारमा १० करोड ३३ लाख ८८ हजार छ सय ६६ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम ३४ अर्ब १६ करोड ५६ लाख ३४ हजार दुई सय ३२ रुपैयाँ पुगेको थियो ।
साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो कार्यदिन लगातार नेप्से ओरालो लागेको थियो भने पाँचौँ अर्थात् अन्तिम कारोबार दिन नेप्से सामान्य उकालो लागेको थियो ।
सोमध्ये पहिलो दिन बजार परिसूचक आठ दशमलव ४८ अंकले ओरालो लागेर २८ सय ३४ दशमलव ५१ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३३ विन्दुले ओरालो लागेर पाँच सय २८ दशमलव ४५ विन्दुमा झरेको थियो । दोस्रो दिन पनि बजार परिसूचक ११ दशमलव ७८ अंकले ओरालो लागेर दुई हजार आठ सय २२ दशमलव ७३ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य चार विन्दुले ओरालो लागेर पाँच सय २८ दशमलव ४१ विन्दुमा झरेको थियो । तेस्रो दिन पनि बजार परिसूचक पाँच दशमलव २४ अंकले ओरालो लागेर दुई हजार आठ सय १८ दशमलव १० विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंंकले ओरालो लागेर पाँच सय २६ दशमलव ७५ विन्दुमा झरेकोे थियो ।
चौथो कारोबार दिन पनि बजार परिसूचक १६ दशमलव ९७ अंकले ओरालोे लागेर दुई हजार आठ सय एक दशमलव १३ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव पाँच अंकले ओरालो लागेर पाँच सय २२ दशमलव २४ विन्दुमा झरेको थियो । यसैगरी अन्तिम कारोबार दिन भने बजार परिसूचक २३ दशमलव ७६ अंकले उकालो लागेर दुई हजार आठ सय २४ दशमलव ८९ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४१ अंकले उकालो लागेर पाँच सय २९ दशमलव ६६ विन्दुमा चढेको थियो ।