काठमाडौं ।
स्मार्टफोन ब्राण्ड सामसङले हालै आफ्नो ए सिरिजअन्तर्गत ग्यालेक्सी ए२२ बजारमा प्रस्तुत गरेको छ । कम्पनीका अनुसार यस फोनमा अल्ट्रा हाई–रेस ४ड एमपी वाइड क्यामरा राखिएको छ । जसले गर्दा फोटोग्राफीलाई माथिल्लो तहसम्म पु-याउन मद्दत गर्दछ ।
साथै यसमा ४८ मेगा पिक्सलको रियर क्यामरा रहेको छ, दिनमा या रातमा सफा एवं स्पष्ट फोटो खिच्दछ । १२३ डिग्रीको फिल्ड भ्युयुक्त आठ मेगा पिक्सलको अल्ट्रा वाइड लेन्सले मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो कैद गर्न सकिन्छ । त्यसैगरी दुई मेगा पिक्सलको माइक्रो लेन्सले क्लोजप फोटो खिच्दा सफा एवं स्पष्ट खिच्न सकिन्छ ।
त्यसैगरी २ मेगापिक्सलको डेप्थ क्यामराले उत्कृष्ट लाइभ फोकस गर्दछ भने यसमा भएको १३ मेगा पिक्सलको सेल्फी क्यामराले कम ब्याकग्राउण्डमा उच्चस्तरीय सेल्फी फोटो खिच्छ । यसमा उत्कृष्ट सुपर एमोलेड डिस्प्लेको साथ ६.४ इन्च इन्फिनिटी–यू स्क्रिन रहेको छ । साथै यसमा भएको ६०० निट्सले हरेक कन्टेन्टलाई उत्कृष्टता प्रदान गर्दछ । साथै ९० हर्ज रिफ्रेस रेटले स्मुथ स्क्रोलिङ्ग तथा गेमिङ्गको मज्जा प्रदान गर्दछ ।
कम्पनीका अनुसार यसको डिजाइन अन द गो को अवस्था कार्य गर्न सहज होस् भनी निर्माण गरिएको छ । यसमा ५००० मेगाहर्जको ब्याट्री राखिएको छ, जसले गर्दा घण्टौँसम्म विना चार्ज मोबाइलको प्रयोग गर्न सकिन्छ भने यसमा १५ वाटको फास्ट चार्जिङ्ग सुविधा पनि रहेको छ, यसले बारम्बार चार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ । यसमा उत्कृष्ट कार्यक्षमताको लागि ओक्टा–कोर प्रोसेसरको साथ छ जीबी ¥याम राखिएको छ, त्यसैगरी यसमा १२८ जीबीको इन्टरनल स्टोरेज पनि रहेको छ । यो फोन ब्ल्याक, मिन्ट र भ्वोइलेट गरी चार आकर्षक रंगहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य २७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।