काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल–भारत संशोधित रेलवे सम्झौताकोे स्वागत गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले संशोधित प्रावधानहरुअनुसार प्रस्तुत सम्झौता दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्धमा कोशेढुंगा हुने बताए । यसका लागि उनले दुवै देशका सरकारलाई धन्यवाद समेत दिए ।
मल्लले यसबाट नेपालको वैदेशिक व्यापारमा ठूलो सघाउ पुग्ने बताउँदै चेम्बरले विगत धेरै समयदेखि व्यावसायिक लागत घटाउन पारवहन लागतमा कमी हुनुपर्नेमा जोड दिँदै आएको बताए । यस संशोधित सम्झौताले पारवहन लागतमा कमी हुन गई नेपाली उत्पादनका मालवस्तुहरु प्रतिस्पर्धी हुने उनको विश्वास गरे । यसबाट वैदेशिक व्यापार सन्तुलनमा टेवा पुग्ने उनको भनाइ छ ।