काठमाडौं ।
अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाडौैैंमा आफ्नो सेवा सञ्चालन गरेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने कोरोना महामारीबीच निस्केको एक प्लेटफर्म हो ।
भौतिक रुपमा मानिसहरु रेस्टुरेन्टमा उपस्थिति नहुने हुँदा आफूले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पु-याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन वस्तीले भने, ‘हामीले पहिलो चरणमा देशको राजधानी काठमाडौंबाट सेवा सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरमै उपलब्ध गराउने लक्ष्य छ ।’ लस्कर फुड्सको प्रमुख उद्देश्य ग्राहकले तोकेको समयभित्रै माग गरिएका खानेकुरा डेलिभरी गर्नु हो ।
काठमाडौंका व्यक्तिहरु व्यस्त हुने गरेको र अनलाइन इ–कमर्स, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएको पाइन्छ । यही कार्यव्यस्त जिन्दगीलाई मध्यनजर गर्दै घरघरमा गुणस्तरीय खानेकुरा पु-याएर आम ग्राहकलाई सहज, सरल तरिकाले लस्कर फुड्सले डेलिभरी गर्नेमा वस्ती विश्वस्त छन् । बजारमा दर्जनौँ फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुबाट भिन्न रहेको वस्तीले जानकारी दिए । लस्कर फुड्सको काठमाडौंको विभिन्न ठाउँमा आफ्नै किचेन रहेको र क्षेत्रका आधार मापन गरी सञ्चालन भइरहेको वस्तीले जानकारी दिए ।
लस्कर फुड्स गत हप्तादेखि मात्रै सञ्चालनमा आएको र सयौँभन्दा बढी ग्राहकले मन पराइसकेको वस्तीको भनाइ छ । लस्कर फुड्स प्रयोग गर्दा ग्राहकले विभिन्न अफर पाउनेछन् । सुरुवाती चरणमा लस्कर फुड्सले खाना पु-याएको डेलिभरी चार्ज नलिने र दुइमा एक फ्री विरियानी योजना अघि सारेको छ ।
प्रभु–पे, इ–सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने कम्पनीका निर्देशक मनिष सिंहले जानकारी दिए । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने वस्ती बताउँछन् । कार्यालयको सम्पर्क नम्बर ९८२४११६९२६, ९८०१३०६९२६ रहेको छ । अधिकांश ग्राहकको रोजाइमा मःमः र पिज्जा, चाउमिन पर्ने गरेको उनले बताए ।