काठमाडौं । एनआईबीएल एस क्यापिटलले नयाँ लगानी योजना सञ्चालनमा ल्याएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवाअन्तर्गत आफ्ना लगानीकर्ताहरूको लागि लगानी गर्ने नयाँ योजना ल्याएको हो ।
नेपालमै पहिलो पटक अप्रत्यासितरूपमा हुने दुर्घटनाका कारण पर्नसक्ने आर्थिक भारलाई समेत बहन गर्नसक्ने किसिमको लगानी व्यवस्थापन योजना यस क्यापिटले आफ्ना लगानीकर्ताहरूको लागि ल्याएको छ । यस योजनाअन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरूलाई पाँच लाख रूपैयाँसम्मको दुर्घटना बीमा प्रदान गरिने जनाएको छ । सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिइनेछ ।
यसका साथै परिवारको पाँच जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने, पहिलो पटक थैली एप डाउनलोड गर्दा एक सय रूपैयाँको टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँचजस्ता थुपै्र सुविधा दिइने बताएका छन् ।