काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ७४ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार ४५ दसमलव छ अंकले ओरालो लागेर २८ सय ५४ दसमलव ७६ अंकमा झरेको छ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज आठ दसमलव ६२ अंकले ओरालो लागेर पाँच सय ३४ दसमलव ८१ अंकमा झरेको छ । धितोपत्र बजारमा आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २९ वटा कम्पनीह्रुको सेयर किनबेच भएका छन् । जसबाट ९२ हजार एक सय ९२ पटकको कारोवारमा दुई करोड ६० लाख २१ हजार एक सय चार कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोवार रकम नौ अर्ब ९८ करोड २६ हजार पाँच सय २७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक बढेको छ भने बाँकी समुहको सुचक उच्च अंकले ओरालो लागेका छन् ।