अमेरिका । गुगलका मालिक सुन्दर पिचाईले विश्वमा स्वतन्त्र र खुल्ला इन्टरनेटमाथि आक्रमण हुनथालेको बताएका छन् । धेरै देशले सूचना प्रवाहमाथि कडाइ गरिरहेको भन्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । बीबीसीसँगको अन्तर्वार्ताका क्रममा उनले कर, गोपनीयता र डेटाबारेको कम्पनीको विवादबारे स्पष्ट पारेका थिए ।
त्यस्तै उनले आर्टिफिसियल इन्टेलिजेन्स आगो, विद्युत् र इन्टरनेटभन्दा शक्तिशाली रहेको तर्क गरे । पिचाई गुगल र यसको मातृकम्पनीका मालिक हुन् । उनी कम्पनीका निर्विकल्प नेतृत्वकर्ता हुन् । उनले गुगलमा मात्रै जीमेल, गुगल क्रोम, गुगल म्याप, गुगल अर्थ, गुगल डक्स, गुगल फोटो र एन्ड्रोइड अपरेटिङ सिस्टम तथा धेरै अन्य उत्पादनहरु हेर्छन् ।
तर सबैभन्दा बढी परिचित भनेकै गुगल सर्च हो । यसको आफ्नै नाम क्रियापद नै बनेको छ । बितेका २३ वर्षमा गुगलले अरु कम्पनीको तुलनामा आज हामीसँग भएका इन्टरनेट स्वतन्त्रताको आकार निर्धारण गरेको छ ।
पिचाईका अनुसार यो शताब्दीको अर्को खण्डमा थप दुईवटा कुराको विकास तीव्र रुपमा हुनेछ । त्यसले विश्वमै परिवर्तन ल्याउने उनको भनाइ छ । ती दुई कुरामा एउटा आर्टिफिसियल इन्टेलिजेन्स र अर्को क्वान्टम कम्प्युटिङ हुने उनको भनाइ छ ।