काठमाडौं । ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ उद्यमी महासंघबीच सहकार्यको लागि सम्झौता भएको छ । महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल फर्निचर तथ फर्निसिङ उद्यमी महासंघका तर्फबाट महासंघका महासचिव ओम बहादुर बस्नेतले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकले महासंघमा आबद्ध व्यवसायीहरू तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरू र सहज वित्तीय सेवाहरू प्रदान गर्नेछ । साथै ज्योति विकास बैंकले महासंघअन्तर्गतका व्यवसायीहरूलाई डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने र सहजै सुचारु गरी व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ । व्यवसायीहरूले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् ।
यसका साथै बैंकले आधुनिक बैंकिङ, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निमित्त महासंघसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ । बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।