वासिड्.टन । जुन महिनामा अमेरिकामा मूल्यवृद्धि उच्च भएको छ । खासगरी प्रयोग भएका कार र खाद्यवस्तुको मूल्य उच्च दरमा बढेको हो । बितेको १२ महिना (जुनसम्म) बीबीसीका अनुसार उपभोक्ता मूल्य ५.४ प्रतिशतले बढेको छ । अघिल्लो महिना यस्तो दर पाँच प्रतिशत थियो । यो भनेको सन् २००८ अगस्टयताकै ठूलो १२ महिने वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।
यसले अमेरिकामा महंगी बढिरहेको देखाउँछ । अमेरिकामा अहिले मूल्यवृद्धि छिटो छिटो भइरहेको छ । यसले केन्द्रीय बैंकलाई ब्याजदर बढाउने वा महामारीअघिकै दर लागू गर्नेतिर लाने देखिएको छ । मंगलबार सार्वजनिक तथ्यांक विश्लेषकहरुको अनुमानभन्दा धेरै भएको बताइएको छ ।
तर केही अर्थशास्त्री र फेडेरल रिजर्भले भने महंगीको दबाब अस्थायी रहेको दाबी गरेका छन् । प्रयोग भइसकेका सवारीसाधनले उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मा वृद्धिदरको हिस्सा जुनमा एक तिहाइ ओगटेको बताइएको छ । मूल्यवृद्धिसँगै मागमा समेत उच्च वृद्धि देखिएको बतााइएको छ ।