काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन १६ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार एक दसमलव एक अंकले उकालो लागेर २८ सय ७२ दसमलव पाँच अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव १४ अंकले घटेर पाँच सय ३९ दसमलव ३८ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १४ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ५० हजार पाँच सय ९१ पटकको कारोवारमा चार करोड ४७ लाख ३६ हजार पाँच सय ३० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोवार रकम पाँच अर्ब ६५ करोडड ४५ लाख ७६ हजार दुई सय पाँच रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, अन्य र लघुबित्त उपसमुहहरुको सुचक पनि ओरालो लागेकाछन । जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक भने उकालो लागेका छन् ।