काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन एक अंकले उकालोा लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार भने ११ दसमलव ३३ अंकले उकालो लागेर २८ सय ८३ दसमलव ३८ अंकमा चढेको छ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ९३ अंकले उकालो लागेर पाँच सय ४१ दसमलव ३१ अंकमा चढेको छ । आज १३ वटा उपसमुहरुको दुई सय २३ वटा कम्पनीह्रुको कारोवार भएका छन् । जसबाट ७३ हजार दुई सय ७२ पटकको कारोवारमा पाँच करोड ८५ लाख दुई हजार एक सय नौ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम आठ अर्ब १४ करोड ३६ लाख १४ हजार तीन सय दुई रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये छ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् भने सात वटा उपसमुहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, जलबिद्युत, फाईनान्स, निर्र्जिवन बीमा, ट्रेडिङ, लघुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक उकालो लागेका छन् भने बिकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लगानी समुहहरुको सुचक भने ओरालो लागेका छन् ।