काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा बाजुरा जिल्ला निवासी अधिवक्तम खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।