काठमाडौं । बिहीबार नेपालभर थप दुई हजार छ सय ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार दुई सय ५६ जनाको पीसीआर तथा चार हजार पाँच सय १२ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार सात सय ८२ र आठ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । बिहीबार देशभर ३३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौ हजार चार सय ६३ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै देशभर एक हजार सात सय ५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा सङ्क्रमितको निको हुने दर ९४ दशमलव ६ प्रतिशत छ । नेपालमा हालसम्म छ लाख २६ हजार चार सय ६८ जना सङ्क्रमित निको भइसकेका छन् ।