काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दोस्रो पटक पनि युरोमनि अवार्ड फर एकसीलेन्स २०२१ बाट सम्मानित भएको छ । यसअघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो । युरो म्यागाजिनले वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड हरेक वर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको छ ।
सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड कार्यक्रम विश्व बैंकिङ उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो । यस अवार्ड विश्वको एक सयवटा देशहरूमा सञ्चालन हुनेगरेको छ । बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहकप्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ ।
बैंकले मुलुकभर रहेका ८६ शाखा कार्यालयहरू, एक सय ३१ एटीएम, १० वटा राजस्व संकलन काउन्टर एवं ५८ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । निकै राम्रो सेवा र व्यापारको कारण ‘बैंक अफ द इयर’ अवार्डबाट पाँच पटक सम्मानित यस बैंक २०१८ मा यस अवार्डबाट सम्मानित भइसकेको छ ।