काठमाडौं । एनआईसी एसिया बैंकले ल्याएको न्यू सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चामत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’को खाता खोलेका दमक–५, झापा निवासी ४४ वर्षीय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारबापत उक्त रकम भुक्तानी गरिएको हो ।
निजलाई यस बैंकको प्रदेश १ का डेपुटी पीएई प्रकाशचन्द्र अधिकारीले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ । बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको श्री गजेन्द्रविक्रम कटुवालले बताए । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएको बैंकको भनाइ निकै नै सार्थक लाग्यो । यस सुविधाले बैंकप्रतिको मेरो विश्वास र भरोसा अझ बढी भएको छ,’ उनले भने । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका चार सय ८५ जनाभन्दा बढी ग्राहकहरूले बीमाबापतको तीन करोड २० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५६ शाखा कार्यालयहरू, चार सय ७१ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको छ । करिब २७ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।