बेइजिङ । चिनियाँ अर्थतन्त्र लयमा फर्किएको छ । कोरोना महामारीले सुस्त भएको अर्थतन्त्र ७.९ प्रतिशतले बढे पनि अर्थशास्त्रीहरुले गरेको अनुमान नभेट्टाएको बताइएको छ । अर्थशास्त्रीहरुले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२१ को दोस्रो त्रैमासिकमा गत वर्षको सोही समयमा भन्दा ८.१ प्रतिशतले बढ्ने अनुमान प्रक्षेपण गरेका थिए ।
जीडीपीले अर्थतन्त्र राम्रो वा नराम्रोसँग चलिरहेको भन्ने देखाउँछ । यसैले अर्थतन्त्रमा कम्पनी, सरकार वाव व्यक्तिको सबै आर्थिक गतिविधिको मापन गर्छ । जुनका लागि सार्वजनिक आधिकारिक तथ्यांकले खुद्रा बिक्री र औद्योगिक उत्पादन अनुमान गरेभन्दा राम्रो भएको देखाएको छ ।
चीनको न्याशनल ब्युरो अफ स्टाटिस्टिक्सले भनेको छ, ‘चिनियाँ अर्थतन्त्रले उत्पादन र मागमा वृद्धिसँगै छिटो र दिगो पुनरुत्थानको बाटो लिएको छ ।’ यसका बाबजुद महामारीले विश्वव्यापी रुपमा अर्थतन्त्रलाई सुस्त पारिरहेको र बाह्य अस्थिरता र अनिश्चितता पनि कायमै रहेको एनबीएसले जनाएको छ । बितेका महिनाहरुमा अर्थशास्त्रीहरुले चिनियाँ अर्थतन्त्रको पुनरुत्थानको तथ्यांकमा शंका व्यक्त गर्दै आएका थिए ।