काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालबीच प्रयास कार्यक्रमअन्तर्गत सीमान्तकृत घरधुरीहरूलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र यूएनडीपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका हुुन् । सम्झौतापछि यूनडीपीको प्रयास कार्यक्रमअन्तर्गत पहिचान भएका सीमान्तकृत घरधुरीहरूलाई यूनडीपीले उपलब्ध गराउने रकम बैंकले बैंक खातामार्फत भुक्तानी गर्नेछ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन आउने गरी गरिएको यस कार्यक्रमबाट सहयोग प्राप्त गर्ने घरधुरीहरूमध्ये उद्यमी गर्न चाहने विपन्न उद्यमीहरूलाई बैंकले सहुलियतपूर्ण कर्जा लगानी गर्न सकिने बताए ।
यूएनडीपी नेपालका आवसीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले पहिलोपटक बाजुरा, कैलाली, सिरहा, सप्तही, रौतहट र स्याङ्जा जिल्लाका २ हजार पाँच सय घरधुरीहरूलाई यूएनडीपीको प्रयास कार्यक्रमअन्तर्गत गर्न लागिएको आर्थिक सहयोगले उनीहरूको जीविकोपार्जनमा सहयोग पुग्ने बताए ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब उपकार्यकरी अधिकृत देवेश प्रसाद लोहनी, विभागीय प्रमुखहरू, कम्पनी सचिव, यूएनडीपी नेपालका सहायक आवसीय प्रतिनिधि बलराम पौडेल, सल्लाहकार विन्दा मगरलगायतको उपस्थिति रहेको थियो । ब्रान्च अपरेसन विभागका प्रमुख सरोज बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए ।