काठमाडौं । चालु आर्थिक बर्षलाई नेप्सेले ग्रिन सिग्नलले दिएको छ । चालु आर्थिक बर्षको पहिलो कारोवार दिन आईतबार नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्चरुपमा बढेका छन् । नेप्से एकै दिन ९७ दसमलव २१ अंकले उकालो लागेर दुई हजार नौ सय ८० दसमलव ६१ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज १९ दसमलव ५५ अंकले उकलो लागेर पाँच सय ६० दसमलव ९६ अंकमा चढेको छ ।
आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २१ वटा कम्पनीह्रुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख १६ हजार दुई सय ९४ पटकको कारोवारामा दुई करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणणमा सेयर खरिद बिक्री हुंदा आज कुल कारोवार रकम ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार चार सय ९३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर नेप्से पुरै हरियो भएको छ ।