नयाँ दिल्ली । भारतमा डिजिटल भुक्तानी सेवा प्रदान गरिरहेको कम्पनी पेटीएमले मुम्बईमा खर्ब बढीको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को तयारी गरेको छ । कम्पनीले दुई अर्ब २० करोड डलर (एक खर्ब ६६ अर्ब भारु) बराबरको
यससम्बन्धी विवरण कम्पनीले गत शुक्रबार नै दर्ता गरेको छ । खाद्य डेलिभरी कम्पनी जोमाटोले एक अर्ब ३० करोड डलरबराबरको आईपीओ जारी गर्ने बताएको केही दिनपछि नै पेटीएमले खर्ब बढीको आईपीओ निष्काशन गर्ने योजना बनाएको हो । जोमाटोको उक्त परिमाणको आईपीओ प्रविधि क्षेत्रको भारतमा अहिलेसम्मकै ठूलो आकारको भएको बताइएको छ ।
तर पेटीएमले उक्त परिमाणको आईपीओ निष्काशन गरे यो नै अहिलेसम्मको ठूलो आईपीओ बन्नेछ । उक्त आईपीओ निष्काशनपछि कम्पनी २५ अर्ब डलर मूल्यवान् बन्ने अनुमान छ । सफ्टबैंक, बर्कशायर हाथावे र अलिबाबाको एन्ट ग्रुपजस्ता लगानीकर्ताको साथ रहेको पेटीएमले बजारबाट संकलित रकम भुक्तानी सेवालाई थप मजबुत पार्न र नयाँँ व्यवसाय र प्राप्तिमा खर्च गर्ने जनाएको छ ।
सन् २०२० मा फन्डरेजिङ (रकम संकलन) गर्दा नोयडामा रहेको कम्पनी १६ अर्ब डलर मूल्यवान् बनेको थियो । यसको आईपीओलाई लगानीकर्ताले चासो साथ हेरिरहेका छन् । भारतमा एक अर्ब डलर मूल्यवान् रहेका धेरै प्रविधि कम्पनी छन् तर अहिलेसम्म सार्वजनिक कम्पनी बन्ने जोमाटो एक्लो र पहिलो हो ।
पेटीएमको यात्रा सन् २००० मा विजय शेखर शर्माले यसको मातृकम्पनी वान९७ कम्युनिकेसन स्थापना गरेसँगै सुरु भएको थियो । भ्वाइसमा आधारित गेमिङ र कस्टुमाइज्ड रिंगटोनजस्ता सेवाहरु विस्तारअघिस सुरुमा यो मोबाइल सेवा प्लेटफर्मका रुपमा थियो । तर पेटीएम सन् २०१० मा मात्रै स्थापना भयो । प्रिपेड सेलफोन किन्ने र केवल बिलहरु अनलाइनमा भुक्तानी गर्ने कम्पनीको रुपमा यसलाई लिइन्थ्यो ।
सन् २०१२ मा पेटीएमले भारतको केन्द्रीय बैंकबाट स्थापना भएर मोबाइल वालेट सञ्चालनको अनुमति पायो । अहिले यसको मुख्य व्यवसाय नै यही हो । सन् २०१४ मा पेटीएमले उबरसँग साझेदारी गरेको थियो । त्योसँगै भारतमा भुक्तानी सेवा प्रदान गर्दै आएको छ । सन् २०१५ मा भारतीय रेलवेको अनलाइन बुकिङका लागि अर्को साझेदारी गर्न खोजेको थियो । भारतीय रेलवेजले वर्षमा साढे दुई करोड टिकट बिक्री गर्छ ।
सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दी गर्दा कम्पनीलाई अप्ठ्यारो परेको थियो । तर भारतका सयौँ लाख स्मार्टफोन प्रयोगकर्ताले मोबाइल भुक्तानीसम्बन्धी एप प्रयोग गर्नथाले । त्यसमा पेटीएम मुख्य प्राथमिकतामा प¥यो । नोटबन्दीको एकै महिनामा उक्त एपमा एक करोड नयाँ प्रयोगकर्ता जोडिएका थिए । कम्पनीका अहिले ११ करोड ४० लाख मानिस सेवाग्राही छन् ।