काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन १३ दसमलव ९७ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार नौ दसमलव एक अंकले ओरालो लागेर दुई हजार नौ सय ८५ दसमलव ५७ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ८२ अंकले ओरालो लागेर पाँच सय ५८ दसलव ११ अंकमा झरेको छ । आज १३ वटा उपरसमुह अन्तर्गत दुई सय १९ वटा कम्पनीहरुको सेयर कारोवारा भएका छन् । जसबाट ८४ हजार चार सय ६८ पटकको कारोवारमा तीन करोड १६ लाख आठ हजार एक सय ९३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोवार रकम सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार दुई सय ६९ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये आठ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् भने पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाँँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लगानी, लघुबित्त, लघुबित्त र अन्य समुहरुको सुचक ओरालो लागेका छन् भने होटल तथा पर्यटन, जलबिद्युत, उत्पादनमुलक, सामुहिक लगानी कोष र ट्रेडिङ समुहहरुको सुचक भने उकालो लागेका छन् ।