काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७–०७८ मा १४ करोड १५ लाख २८ हजार रुपैयाँ खुद मुुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १३ करोड ९७ लाख २८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले यस आर्थिक वर्षमा आठ अर्ब २० करोड ४१ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ७५ लाख ७१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले पाँच अर्ब ५४ करोड २७ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड ४१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३४ लाख ३२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।