नयाँ दिल्ली । भारतीय खाद्यवस्तु डेलिभरी गर्ने एप्लिकेसन जोमाटोको सेयर मूल्य ६५ प्रतिशतले आकाशिएको छ । गत शुक्रबार कारोबार सुरु गर्दा कम्पनीको सेयर मूल्य उक्त दरले बढेको बीबीसीले जनाएको छ । चार दिन लगाएर सूचीकृत भएको कम्पनीको सेयर मूल्य झण्डै अहिलेसम्मकै उच्च दरले बढेको बताइएकोा छ । यसले कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढेको देखाउँछ । त्यसमा पनि स्टार्टअप कम्पनीहरुमा महामारीका बेला लगानीकर्ता धेरै नै लालायित देखिएका छन् ।
विश्लेषकहरुले भने कम्पनीको सेयरमा धेरै मूल्यांकन गरिएकोमा ध्यानाकर्षण गरेका थिए । ज्याक माको एन्ट ग्रुपको समेत सहयोग रहेको कम्पनीको सेयर प्रतिकित्ता एक सय ३८ भारतीय रुपैयाँ ९० पैसामा कारोबार भएसँगै कम्पनपी १२ अर्ब डलर मूल्यवान् बनेको बताइएको छ ।
गत हप्ता कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गरेको थियो । यसमा ४६ अर्ब ३० करोड डलरको आवेदन परेको थियो । धेरै संस्थागत ठूला लगानीकर्तााले पनि कम्पनीको सेयरमा इच्छा देखाएको बताइएको छ ।