काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक बर्ष २०७७–०७८ मा ७३ करोड २९ लाख १६ हजार दुई सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४२ करोड ८५ लाख ६४ हजार छ सय ७३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब ३४ करोड २४ लाख दुई हजार सात सय २५ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ ३८ अर्ब ६० करोड ९२ लाख ४९ हजार नौ सय ६६ रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड ६३ लाख ७४ हजार तीन सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५६ करोड ७३ लाख २६ हजार आठ सय ४३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ५३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ५६ करोड ३८ लाख ५५ हजार नौ सय ५१ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार २७ रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४३ करोड ८१ लाख १८ हजार छ सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ५४ करोड ४१ लाख ६६ हजार पाँच सय ३५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३५ प्रतिशत रहेको थियो ।