काठमाडौं । ईभी नेपाल मोटोर्सको शोरूम काठमाडौंको नक्सालमा खुलेको छ । यस शोरूममा जर्मन टेक्नोलोजी वोस्चद्वारा सञ्चालित लिभ्निङको विभिन्न मोडल र रंगहरूका इलेक्ट्रिक स्कुटरहरुका साथै इलेक्ट्रिक साइकल पनि उपलब्ध छन् ।
कम्पनीका अनुसार यहाँ एलएक्स १, २, ४, ५, ६, ८, एलएक्स ५–डी र एलएन२० एम४–२५० वाट रहेको छ । साथै शोरूम उद्घाटन समारोहको अवसरमा ग्राहकहरुलाई पाँच हजारदेखि १० हजार रुपैयाँसम्मको नगद छुट, नबिल बैंकसँग कारोबार गर्दा शून्य प्रतिशत ईएमआई ११ हजार एक सय ११ रुपैयाँ मात्र, छाता, बज्र मास्क बक्स, निःशुल्क हेलमेट, निःशुल्क सर्भिस र कुपनको सुविधा छन् ।
यो अफर ३० जुलाई, २०२१ सम्म सीमित रहने कम्पनीले जनाएको छ । शोरूम बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला रहनेछ । ईभी नेपाल मोटोर्स नेपाललाई धूवाँधूलोरहित बनाउने सोचका साथ अघि बढेको छ ।