काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीको यही साउन पाँच गते बसेको सञ्चालक समितिको तीन सय ५९औं बैठकले यही साउन ३१ गते आफ्नो २७औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६–०७७ को बार्षिक प्रतिवेदन पारित गर्ने, बाह्य लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले गत आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड २७ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा एक करोड २१ लाख २० हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब दुुई करोड ८१ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ १३ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३९ रुपैयाँ ७७ पैसा रहेको छ ।