अमेरिका । इकमर्स वेबसाइट अमेजनले चाँडै प्रयोगकर्तालाई बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीमा भुक्तानी सुविधा दिन सक्ने बताइएको छ । एजेन्सीहरुका अनुसार अमेजनले आफ्नोा टोलीको लागि डिजिटल करेन्सी र ब्ल्याकचेन विज्ञहरुको भर्ती गर्नलागेको हो ।
अमेजनको पेमेन्ट्स एक्सेप्टेन्स एन्ड एक्सपिरियन्स टोली अमेजनको डिजिटल करेन्सी र ब्लकचेन स्ट्राटेजी तथा प्रोडक्ट रोडम्याप विकासको लागि एक अनुभवी प्रोडक्ट लिडरको खोजीमा छ । प्रोडक्टको नेतृत्व गर्नेले अमेजन वेब सर्भिस (एडब्लुएस)सहित अमेजनको विभिन्न समूहसँगै मिलेर काम गर्नेछ । ता कि ग्राहक अनुभव, रणनीति र क्षमताको साथै लन्च रणनीतिको रोडम्याप विकसित गर्न सकियोस् । अमेजनले अहिलेसम्म भुक्तानीमा क्रिप्टोकरेन्सीको प्रयोगलाई स्वीकारेको छैन ।
कम्पनीका एक प्रवक्ताका अनुसार अमेजनको योा कदम क्रिप्टोकरेन्सी स्पेसमा भइरहेका आविष्कारकसँग प्रेरित छ । यसो गर्दा अमेजनलाई के हुन्छ भन्नेबारे पनि अध्ययन भइरहेको बताइएको छ । अमेजनको क्लाउड शाखा एडब्लुएस अहिले एक प्रबन्धित ब्लकचेन सेवा प्रदान गरिरहेको छ । कम्पनीले नयाँ डिजिटल मुद्रा र ब्लकचेन प्रोडक्ट लिडलाई उच्चस्तरीय स्वायत्तता दिएर का मगर्ने, विश्लेषणात्मक रुपबाट सञ्चालन गर्नेलगायतको खाँचो छ । यसो हुँदा आउने समस्यालाई नयाँ र नवप्रवर्तनात्मक तवरबाट समाधान तयार गर्न सकियोस् ।
त्यसो त गत मे महिनामा एप्पलले पनि डिजिटल करेन्सीबारे मुख खोलेको थियो । तर त्यसयता खासै केही भएको छैन । भुक्तानीको अर्को माध्यमका रुपमा भर्चुअल मुद्रा स्वीकार्ने पक्षमा विद्युतीय कार कम्पनी टेस्ला र सामाजिक सञ्जाल कम्पनी ट्विटर पनि आशावादी छन् । ट्विटर सीईओ ज्याक डोर्सेले अनलाइन दुनियाँलाई विश्वको एउटै मुद्रा आवश्यक रहेको बताएका थिए । उनले कम्पनीको ध्यान बिटक्वाइनमा रहेको भन्दै यसको साथ विश्वका जो कोहीले पहुँच पाउने उल्लेख गरेका थिए । टेस्लाका सीईओ एलन मस्कले पनि क्रिप्टोकरेन्सी माइनिङमा प्रयोग हुने ऊर्जालगायतमा सुधार ल्याउनसके बिटक्वाइनबाट भुक्तानी स्वीकार्न सकिने बताएका थिए ।