काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ५४ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्र्रो कारोवार दिन आज सोमबार भने आठ दसमलव २४ अंकले ओरालो लागेर तीन हजार ५० दसमलव ४२ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ९३ अंकले ओरालो लागेर पाँच सय ७१ दसमलव १० अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको कारोवार भएका छन् । जसबाट एक लाख ३७ हजार दुई सय ४२ पटकको कारोवारमा तीन करोड ७० लाख ६१ हजार चार सय ४७ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल सेयर कारोवार रकम १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार चार सय ३१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये पाँच वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् भने आठ वटा उपसमुहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैक, बिकास बैंक, अन्य, सामुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा उपसमुहको सुचक पनि १४ दसमलव ९३ अंकले उकालो लागेर १४ हजार चार सय ८६ दसमलव १८ अंकमा चढेकोमा जीवन बीमा उपसमुहको सुचक पनि ६८ दसमलव सात अंकले उकालो लागेर १७ हजार छ सय ६१ दसमलव ७७ अंकमा चढेको छ ।
यि बाहेक ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादमुलक र लघुबित्त समुहहरुको सुचक पनि क्रमश ५५ दसमलव चार, १४ दसमलव १६, ८४ दसमलव ६८ र ९८ दसमलव एक अंकले उकालो लागेका छन् ।