काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् । यो सुविधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप गरिएको हो र ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन् ।
बैंकले आधिकारिक वेबसाइटमार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सीमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अनुरूप रहेको छ । आफ्नो देशभर एक सय ३५ वटा शाखा कार्यलयहरू, एक सय ८३ एटीएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका एजेन्टहरूको बृहत् सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ ३७ वर्ष बैंकिङ अनुभवको साथ, बैंकको ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।