काठमाडौं । प्रोग्रेसिभ फाइनान्स र एसबी सोल्युसनबीच सम्झौता भएको छ । फाइनान्सले एसबी सोल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले इन्टर्नल ऋण वर्क फ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । प्रोग्रेसिभ फाइन्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।
क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली)को थालनीसँगै बैंकहरूले पूर्णरूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पु-याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुतगतिमा ऋण प्रक्रिया पूरा गर्न मदत गर्दछ । प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।
ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रूपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भए साथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् ।
प्रोग्रेसिभ फाइनान्स, नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । प्रोग्रेसिभ फाइन्सको लगभग एक लाखभन्दा बढी ग्राहक रहेका छन् र देशभरि १५ भन्दा बढी शाखाहरू रहेका छन् । एसबी सोलुसन्सले डिजीहबसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा प्रक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गन क्रेडिट–एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आइरहेको छ । साथै पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरू पनि गर्दै आइरहेको जानकारी दिएको छ ।