काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन २९ दसमलव २४ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार पनि १५ दसमलव तीन अंकले उकालो लागेर तीन हजार ९४ दसमलव ९४ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुुन्य दसमलव शुन्य दुई अंकले उकालो लागेर पाँच सय ७४ दसमलव ३२ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १९ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख २८ हजार सात सय ८० पटकको कारोवारमा दुई करोड ८१ लाख ७० हजार एक सय ७२ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार पाँच सय ३५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये चार वटा उपसमुहहरुको सुचक ओरालो लागेर नौ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, जलबिद्युत, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य, लघुबित्त र लगानी उपसमुहरुको सुचक पनि भने उकालो लागेका छन् ।