काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले बढी अनुपातमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक समूहअन्तर्गतको १२ हजार पाँच सय ८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
फाइनान्सले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य तीन सय रुपैयाँ मात्र तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक सय कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरू वा जो–कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले मिति २०७८ श्रावण १४ गतेदेखि मिति २०७८ भाद्र ८ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्न सकिने जनाइएको छ ।