काठमाडौं । एनएमबी बैंक लिमिटेडले अटो लोन आठ दशमलव ४९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ ।
बैंकले निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुनेगरी पाँच वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारेको हो । विद्युतीय गाडीको हकमा भने एनएमबी बैंकले बेसरेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढ्ने सपना पूरा गर्न समान ब्याजदरले झन् सघाउ पु-याउने विश्वास लिइएको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । थप जानकारीको लागि कल एट एनएमबी डटकम डट एनपीमा इमेल वा ०१–५९७१५० मा फोन गर्न सकिने बैंकले जनाएको छ । बैंकले हाल देशभरि एक सय ८१ शाखा, एक सय ३७ एटीएमहरू, नौ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।