काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । कम्पनीले साताको पाँचौँ कारोबार दिन बिहीबार १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य ११ सय ९८ रुपैयाँ १८ पैसामा कारोबार भएको छ ।
पछिल्लो पटक प्रतिकित्ता एक हजार तीन सय १८ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने १५ अर्ब ८९ करोड ५२ लाख ५२ हजार छ सय ५८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब २० करोड ६० लाख १३ हजार एक सय रुपैयाँबराबरको एक करोड २० लाख ६० हजार एक सय ३१ कित्ता सेयर सूचीकृत रहेको छ ।