काठमाडौं । यस साता सेयरबजार परिसूचक तीन हजार ७९ दशमलव ८३ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ७० दशमलव ८५ बिन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय २५ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार छ लाख ६३ हजार छ सय ९६ पटकको कारोबारमा १६ करोड ७५ लाख ६६ हजार एक सय १४ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम ६७ अर्ब ७४ करोड छ लाख ३९ हजार एक सय ४५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनाम झण्डै २५ अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय २२ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार चार लाख २३ हजार तीन सय ३१ पटकको कारोबारमा १५ करोड ४० लाख छ हजार सात सय दुई कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार नौ सय ८५ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो र चौथो दिन सेयर बजार परिसूचक ओकालो लागेको थियो भने दोस्रो, र पाँचौँ अर्थात् अन्तिम कारोबार दिन बजार परिसूचक ओरालो लागेको थियो । पहिलो दिन बढेको थियो । दोस्रो दिन घटेको थियो । तेस्रो दिन बढेको थियो । चौथो दिन बढेको थियो । पाँचौँ दिन घटेको थियो ।
सोमध्ये पहिलो दिन बजार परिसूचक ५४ दशमलव ३१ अंकले उकालो लागेर तीन हजार ५८ दशमलव ६३ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ७४ बिन्दुले उकालो लागेर पाँच सय ७४ दशमलव दुई बिन्दुमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक आठ दशमलव २४ अंकले ओरालो लागेर तीन हजार ५० दशमलव ४२ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९३ बिन्दुले ओरालो लागेर पाँच सय ७१ दशमलव १० बिन्दुमा झरेको थियो ।
तेस्रो दिन भने बजार परिसूचक २९ दशमलव २४ अंकले उकालो लागेर तीन हजार ७९ दशमलव ६७ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १९ अंंकले उकालो लागेर पाँच सय ७४ दशमलव ३० बिन्दुमा चढेको थियो । चौथो दिन पनि बजार परिसूचक १५ दशमलव तीन अंकले उकालो लागेर तीन हजार ९४ दशमलव ९४ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य दुई अंकले उकालो लागेर पाँच सय ७४ दशमलव ३२ बिन्दुमा चढेको थियो ।
पाँचौं दिन भने बजार परिसूचक १५ दशमलव ११ अंकले आरालो लागेर तीन हजार चार ७९ दशमलव ८३ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४७ अंकले ओरालो लागेर पाँच सय ७० दशमलव ८५ बिन्दुमा झरेको थियो । यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।
सातामा चारवटा कम्पनीहरूको बोनस तथा साधारण सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यो साता चारवटा कम्पनीहरूको बोनस तथा साधारण सेयर सूचीकृत भएका छन् । नेप्सेका अनुसार नियमित कारोबारको लागि बीमा, फाइनान्स, जलविद्युत् र लघुवित्तसहितका कम्पनीहरूको सेयर सूचीकृत भएको हो ।
जसअन्तर्गत आईएमई जनरल इन्स्योरेन्स कम्पनीको सात प्रतिशतको अनुपातमा सात लाख ५७ हजार पाँच सय कित्ता बोनस सेयर सूचीकृत भएको छ भने सेन्ट्रल फाइनान्सको पनि सात प्रतिशतको अनुपातमा पाँच लाख ७६ हजार तीन सय ७८ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी नेपाल हाइड्रोडेभलपर लिमिटेडको १५ प्रतिशतको अनुपातमा तीन लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार यो साता जीवन विकास लघुुवित्त वित्तीय संस्थाको ६० लाख ८४ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । सूचीकृत सेयरको सुरुवाती कारोबार मूल्य तीन सय पाँच रुपैयाँ २७ पैसादेखि नौ सय १५ रुपैयाँ ८१ पैसा सम्म तोकिएको थियो ।