ब्रसेल्स । हुराष्ट्रिय इकमर्स कम्पनी अमेजनलाई युरोपेली कानुन उल्लंघन गरेको आरोपमा ८८ करोड ६० लाख अमेरिकी डलर जरिवाना गरिएको छ । युरोपेली संघको तथ्यांक संरक्षण कानुन उल्लंघनको आरोपमा उक्त जरिवाना गरिएको बीबीसीले जनाएको छ ।
युरोपेली देश लक्जेम्बर्गमा अमेजनले उक्त कानुन मिचेको आरोप लागेको हो । लक्जेम्बर्गको तथ्यांक संरक्षणसम्बन्धी राष्ट्रिय आयोगले कम्पनीले व्यक्तिगत तथ्यांक संरक्षणमा युरोपेली कानुन नमानेको आरोप लगाएको हो ।
अमेजनले भने यसविरुद्ध कानुनी प्रतिरक्षा गर्ने प्रतिक्रिया दिएको छ । उसले तथ्यांक चुहावट पनि नगरेको उल्लेख गरेको छ । युरोपेली संघको जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर)अनुसार कम्पनीहरुले व्यक्तिगत डेटा प्रयोग गर्नुअघि अनुमति लिनुपर्ने अन्यथा जरिवानाको भागिदार हुने व्यवस्था छ ।