काठमाडौं । साम्लिङ पावर कम्पनीले पाँच करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको आयोजन प्रभावित क्षेत्र इलामका स्थानीयवासीहरूको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच करोड रुपैयाँबराबरको पाँच लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही साउन २२ गतेबाट सुरु भई छिटोमा भदौ चार गते र ढिलोमा भदौ २० गते बन्द हुुनेछ । अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी पनि ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको सर्वसाधारण सेयरधनी समूहको लागि छुट्याएको १२ करोड ५० लाख रुपैयाँबराबरको सेयर बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।