काठमाडौं । एनएमबी बैंकले सबै उमेरको लगानीकर्ताहरूलाई लक्षित गरी शून्य मौज्दातमै विशेष सुविधायुक्त एनएमबी इन्भेष्टर सेभिङ्स अघि सारेको छ । यो बचत योजनाअन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै पाँच वर्षका लागि निःशुल्क डिम्याट तथा मेरो सेयर, निःशुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपीएसमार्फत निःशुल्क अन्तरबैंक रकम ट्रान्सफर, निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड र एनएमबी क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्ष सेवा प्रदान गर्ने जानकारी गराइएको छ ।
हाल मुख्यतया बैंकहरूले कर्जा सापटीमा केन्द्रित राखेको देखिए पनि एनएमबीले भने लगानीकर्ताहरूलार्ई बचतसँगै लगानी गर्न प्रोत्साहन गर्नेगरी बचतमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एनएमबी बैंक विगत चार वर्षमा तीन पटक ‘द बैंक अफ दि इयर’ बाट सम्मानित भएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । बैंकले हाल देशभरि एक सय ८१ शाखा, एक सय ३७ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।