काठमाडौं । नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले आफ्नो नयाँ शाखाहरू नेपालगञ्ज र बुटवलमा विस्तार गरेको छ । पछिल्लो समय कमर्सियल गाडीको आक्रामक बजार विस्तार गरिएको फोटोन मोटर्सले नेपालगञ्ज र बुटवलमा आफ्ना शाखाहरू विस्तार गरेको हो ।
नयाँ शाखाहरूबाट फोटोन ब्रान्डका कमर्सियल गाडीहरूको जानकारी लिन, टेस्ट ड्राइभ तथा खरिद गर्न पाइने कम्पनीका सेल्स हेड नबिन आचार्यले जानकारी दिए । उनका अनुसार यहाँबाट सेवाग्राहीले फोटोन गाडीका जेनुइन पाट्र्स पाइनुका साथै पार्ट्ससम्बन्धी सम्पूर्ण जानकारीहरू र आफूलाई आवश्यक पार्टसहरूको अवलोकन गर्न सकिनेछ । एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले फोटोन ब्रान्डका पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९ सिट क्षमताको भ्यान भ्यु सीएस२ एल र १६ सिट क्षमताको भ्यान भ्यु सीएस २ विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।