काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा १६ करोड पाँच लाख ३९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड नौ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ रहेको संस्थाले अब २०७७–०७८ मा एक अर्ब ६३ करोड ५० लाख ६७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३२ करोड १० लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६७ लाख ७३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव आठ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ८६ करोड ६३ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १८ करोड तीन लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड १४ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात करोड ६७ लाख १७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५० प्रतिशत रहेको थियो ।