काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०७७–०७८ को चौथो त्रैमासिक अवधिमा ११ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ९५ लाख १३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २५ करोड ६९ लाख ८० हजार रुपैयाँ रहेको संस्थाले आर्थिक बर्ष २०७७–०७८ मा ८३ करोड ५२ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २६ करोड ४९ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड २६ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ७४ लाख ११ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव शून्य दुई प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ४५ करोड ५३ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७० करोड ८४ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड तीन लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ६२ लाख ५७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ८१ प्रतिशत रहेको थियो ।