काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र एनएमबी बैंक लिमिटेडबीच सम्झौता भएको छ ।अब टाटा मोटर्सको इलेक्ट्रिक भेहिकल नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबी बैंकको नेपालभरिका शाखाहरूमार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।
उक्त कर्जा सम्झौताअन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूले शून्य प्रतिशत प्रिमियमसहित बैंकको बेस रेट ब्याजदरमा एनएमबी बैंक लिमिटेडको नेपालभरिका शाखाहरूमार्फत कर्जा प्राप्त गर्न सक्नेछन् । यसअन्तर्गत बैंकले २४ कार्य घण्टाभित्र ८० प्रतिशतसम्म फाइनान्सको सुविधा उपलब्ध गराउनेछ ।
सम्झौतामा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबी बैंकका तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुुन् । टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूलाई सहजरूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैंकको नीतिअनुसार ग्राहकहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ ।