काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार एक हजार ७५ जनामा नयाँ कोरोना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा सात सय ६६, भक्तपुर एक सय ४६ र ललितपुरमा एक सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकासहित बिहीबार देशभर तीन हजार नौ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बिहीबार १८ हजार चार सय आठ जनामा परीक्षण गर्दा तीन हजार नौ सय ३८ जनामा सङ्क्रमण देखिएको हो । बुधबार चार हजार एक सय सात जनामा कोरोना संक्रमण देखिएको थियो ।
यस्तै सङ्क्रमणबाट निको हुनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार १२ जना छ । अहिलेसम्म यो सङ्क्रमणबाट निको हुने छ लाख ६३ हजार छ सय ६३ पुगेका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ । यस्तै विगत २४ घण्टामा ३७ जनाको यही सङ्क्रमणका कारण निधन भएको छ । अहिलेसम्म नौ हजार नौ सय ९४ जना निको भएको बताइएको छ । सक्रिय सङ्क्रमित ३४ हजार चार सय २२ जना रहेका छन् भने ३१ हजार एक सय आठ जना होम आइसोलेसन, तीन हजार तीन सय १४ जना संस्थागत आइसोलेसन र तीन सय ७५ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार सात सय १३ जना सघन उपचार कक्ष र एक सय ५८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै विगत २४ घण्टामा एक लाख १७ हजार सात सय ७९ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा खोप ४३ लाख ५९ हजार २७७ जनाले र पूर्ण मात्रा खोप २१ लाख ३० हजार ९०० ले लगाएका छन् ।