काठमाडौं । सिभिल बैैकले करदाता सेवा कार्यालय तौलिहवामा पनि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको बैंकले कपिलवस्तु जिल्ला, तौलिहवा वडा नं ०१, करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजस्व कार्यालय, कपिलवस्तु जिल्ला, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका हुुन् ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ, तौलिहवाका अध्यक्ष गयादीन कुर्मी तथा उपाध्यक्ष सन्दीप श्रीवास्तव, करदाता सेवा कार्यालय तौलिहवाका कर अधिकृत भोजप्रसाद खनाल, सिभिल बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमलालगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मीहरू तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरूले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागसँग सम्वन्धित करहरूको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्नेछन् । करिब छ लाख ग्राहकहरूलाई एक सय १५ शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकले पछिल्लो पटक थप भएको एक्सटेन्सन काउन्टरसहित १० एक्सटेन्सन काउन्टरहरू स्थापित गरिसकेको छ जसमध्ये छवटा एक्सटेन्सन काउन्टरहरू नेपाल सरकारको कर तथा राजस्व संकलन गर्न स्थापित गरिएको हो । साथै बैंकको हालसम्म ८६ एटीएम रहेका छन् । बैंकले हालसम्म करिब ९० अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८३ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।